You are viewing the translated version of विशेष व्यवस्थापन समूह गठन.

Section 74
विशेष व्यवस्थापन समूह गठन
(१) ऐनको दफा १०२ बमोजिम नियन्त्रणमा लिइएको बीमकको सञ्चालन तथा व्यवस्थापनको लागि प्राधिकरणले ऐनको दफा ५७ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिमको योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना सदस्य रहेको विशेष व्यवस्थापन समूह गठन गरी त्यस्तो समूहमार्फत्‌ त्यस्तो बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य अघि बढाउनेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष व्यवस्थापन समूहको कुनै सदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा प्राधिकरणले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ। तर प्राधिकरणले त्यसरी पदबाट हटाउनुअघि निजलाई सफाइ पेस गर्ने मनासिब मौका दिनु पर्नेछ।